काठमाडौँ, १३ असार । संविधान लेखनमा देखिएका असहमतिका विषयलाई सहमतिमा रुपान्तरण गर्न प्रमुख चार राजनीतिक दल छलफलमा जुटेका छन् ।
विवादित विषयमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा अहिले प्रमुख चार दलका शीर्ष नेतृत्वको बैठक बसिरहेको छ । संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले तयार पारेको मस्यौदामा सहमति नजुटेका विषयमा छलफल चलिरहेको छ ।
दलहरुबीच बहुलवाद, मत प्रतिशत सीमा (थ्रेसहोल्ड), विशेष स्वायत्त प्रदेश, धार्मिक स्वतन्त्रता, संविधान संशोधनलगायत २७ बुँदामा विवाद देखिएपछि छलफलबाट टुङ्गो लगाउने बालुवाटारमा चार शक्तिको बैठक बसेको हो ।
दलहरुबीच भएको सोह्रबुँदे सहमतिका आधारमा मस्यौदा समितिले एकीकृत मस्यौदा तयार पारेको भएपनि केही बुँदामा असहमति कायमै छ ।













प्रतिक्रिया