१८ कार्तिक २०८३, बुधबार

बेलुन उडाएर भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Annapurna_balloon21काठमाडौँ, १२ असार । गत वैशाख १२ गतेपछि आएका भूकम्प तथा त्यसपछिका विभिन्न कम्पनबाट अहिलेसम्म मृत्युवरण गरेकाको आत्माको चिरशान्तिको कामना गरिएको छ ।

अन्नपूर्णपोस्ट दैनिकको आयोजना तथा विभिन्न सङ्घ संस्थाको सहआयोजनामा बसन्तपुरमा आज भएको कार्यक्रममा कलाकार, साहित्यकार, पत्रकार, समाजसेवीलगायतले घटनामा ज्यान गुमाउनेप्रति सामूहिक श्रद्धाञ्जलि गर्दै करिब नौ हजार बेलुन उडाइएको थियो ।

उक्त कार्यक्रममा बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले प्राकृतिक प्रकोप कुनै पनि समयमा आउन सक्ने हुँदा त्यसप्रति चनाखो हुनपर्नेमा जोड दिँदै केही व्यक्ति तथा समूहले निर्धारित समयमा भूकम्प जान लागेको भनी समाजमा प्रवाह हुने सन्देशमा कुनै सत्यता नरहने र त्यस्ता भ्रमको पछि नपर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

Annapurna_ballon_flying_stu

आनी छोइङ् डोल्मा, जीतु नेपाल, किरण केसीलगायतका कलाकारले विभिन्न साङ्केतिक तथा सांस्कृतिक कार्यक्रमको माध्यमबाट सहभागी दर्शकलाई मनोरञ्जन दिँदै प्रकृतिको नियमअनुसार आउने सबै घटनालाई मानिसले स्वीकार्नु पर्ने बताउनुभयो ।

हास्य कलाकर मनोज गजुरेलले आज १२ गते तथा शनिबार भएकाले पुनःभूकम्प आउँछ भनी फैलिएका सूचनाले समाजमा त्रास उत्पन्न गरेको भए पनि पृथ्वीलाई गतेका बारेमा तथा प्रकृतिलाई बारका बारेमा सरोकार नरहने हुँदा प्रकोपका बेलामा सुरक्षित भई घटनालाई ग्रहण गर्ने आत्मविश्वासको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

भूकम्पका कारण करिब नौ हजार मानिसको मृत्यु, २० हजारभन्दी बढी घाइते तथा लाखाँै मानिस विस्थापित भएका छन् ।