१८ कार्तिक २०८३, बुधबार

सुशील सरकार ‘कौवालाई बेल पाक्यो हर्ष न विस्मात’ हो : एमाले नेता नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-kumar-nepal-1रुपन्देही, १२ असार । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले व्यक्ति परिवर्तनका लागि मात्रै हुने सरकार परिवर्तनले जनतालाई खासै फरक नपर्ने बताउनुभएको छ ।

संविधान निर्माणपछि एमालेको नेतृत्वमा गठन हुने भनिएको सरकारको विषयमा समेत अनभिज्ञता प्रकट गर्दै नेता नेपालले जनताले सेवा सुविधा नपाउने सरकार ‘कौवालाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको टिप्पणी गर्नुभयो ।

नेकपा एमाले रुपन्देहीले शनिवार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीभित्र व्यक्तिवादी प्रवृति हाबी हुँदै गएको र यसले पर्टीलाई दीर्घकालीनरुपमा असर पार्ने बताउनुभयो ।

संविधान निर्माणपछि बन्ने भनिएको एमालेको सरकारबारे पत्रकारको जिज्ञासामा नेता नेपालले आफू न त प्रधानमन्त्री न त राष्ट्रपतिकै लागि इच्छुक भएको प्रतिक्रिया दिनुभयो ।