भक्तपुर, १२ असार । उद्योग मन्त्री महेश बस्नेतले भूकम्पले ढुङ्गा हान्ने राजनीतिलाई परिवर्तन गरी एकताको सूत्रमा बाँधेको बताउनुभएको छ ।
शङ्खधर मेमोरियल स्कुल र चाणक्य कलेजको संयुक्त आयोजना एवम् मानवीय आस्था नेपालको संयोजनमा आज मध्यपुरथिमीको बालकुमारीमा राहत वितरण गर्दै उहाँले एकताले अब देश बन्ने बताउनुभयो ।
थिमिका १५० भूकम्पपिडित परिवारलाई विश्व शान्ति विहार बानेश्वरले उपलब्ध गराएको एक÷एक बण्डल जस्ता पाता वितरण गर्दै उहाँले अब सबै दल मिलेर देश निर्माणमा लाग्ने बताउनुभयो ।
मन्त्री बस्नेतले भन्नुभयो, “आन्दोलन गर्ने, ढुङ्गा हान्ने, गाली गर्ने राजनीतिलाई भूकम्पले अब एकताबद्ध बनाएको छ, अब सबै दल मिलेर भूकम्पपीडितलाई सहयोग गर्दै मुलुकलाई उन्नतितर्फ लैजानुपर्छ ।”
उहाँले अब साउनसम्ममा संविधान जारी भएर सहमतिको सरकार निर्माण हुने बताउँदै सोही सरकारले देशको काँचुली फेर्ने बताउनुभयो । रासस












प्रतिक्रिया