१८ कार्तिक २०८३, बुधबार

बर्दियाको ओराही नदीमा २ महिला बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bardiya-river– सुदीप अधिकारी
बर्दिया, १२ असार । बर्दियाको ओराही नदी तर्ने क्रममा नदीले बगाउँदा २ जना बेपत्ता भएका छन् ।

ढोढरीको खाता र सुर्यपटुवाको पथ्थरबोझी गाँउको बिचमा पर्ने ओराही नदीमा तर्ने क्रममा माछा ढोढरी– ९ खाता की ३५ वर्षीया मीना चौधरी र सुर्यपटुवा– ७ बुटकौवा की १६ वर्षीया पार्वती थापालाई नदीले बगाएको ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी सहायक निरीक्षक जंग बहादुर शाहले जानकारी दिए ।

प्रहरीका अनुसार नदीमा किनारमा माछा मारिरहेकी मिनाले पार्वती थापालाई नदी तराउने क्रममा दुबै जना बगेर बेपत्ता भएका हुन । बेपत्ता भए लगत्तै स्थानियवासी, नेपाल प्रहरी र ससस्त्र प्रहरीले खोजी गरीरहेको बताइएको छ । शनिबार साझसम्म शव फेला नपरेको बताइएको छ । नदीमा गहिराई र पानीको बहाव बढी भएकाले खोजी गर्न समस्या परेको प्रहरीको भनाई छ ।

यहाँ बिहीवार र शुक्रबार परेको अविरल वर्षाका कारण कर्णाली, गेरुवा नदी, बबई नदी, ओराही नदी लगाएतका खोला नालामा पानीको वहाव बढेको छ ।