काठमाडौं, ३१ जेठ । दोलखा केन्द्रविन्दु भएर नेपालमा आइतबार फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा केन्द्रविन्दु भएर आज दिउँसो ३ बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस भएको थियो ।
दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४ दशमलब १ रेक्टर स्केलको हो । यसअघि आज विहानै नुवाकोट केन्द्रविन्दु ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको थियो ।













प्रतिक्रिया