२० कार्तिक २०८३, शुक्रबार

कांग्रेस र माओवादीका जिल्ला नेतासहित ३ सय कार्यकर्ता एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemaleकाठमाडौं, १७ जेठ । राजनीतिमा नेताको भाषण नै जनताको लागि विश्वास गर्ने आधार हो ।

नेकपा एमाले ईलाका कमिटी क्षेत्र नं १ रुपन्देहीको सातौँ ईलाका अधिवेशन धकधईमा आयोजना गरिएको थियो । जहाँ नेकपा एमालेका उप-महासचिव घनश्याम भुषालले भाषण गर्दै भने-‘जनताको सुख दुःखको साथी एमाले भएको हुँदा ढुक्क भएर एमालेमा लाग्नुस ।’

एमाले उप-महासचिव भुषालको भाषण नसकिँदै रुपन्देही एमालेमा ३ सय जना जिल्लास्तरीय नेता कार्यकर्ता प्रवेश गरे ।

नेकपा एमाले ईलाका कमिटी क्षेत्र नं १ रुपन्देहीका अध्यक्ष मात्रिका प्रसाद यादवले शनिवार आयोजित कार्यक्रममा उप-महासचिव भुषालको भाषणपछि ३ सय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको जानकारी दिनुभयो ।

जसमा नेपाली कांग्रेस र एमाओवादीका जिल्लास्तरीय नेता पनि छन् । ३ सय भन्दा बढी अन्य पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेको एमाले क्षेत्रीय प्रचार विभाग प्रमुख भिम गुरुंगले पनि बताउनुभयो ।

‘पार्टीको नीति र कार्ययोजनाले गाउँ-गाउँमा एमालेप्रति आकषर्ण बढेको छ । अन्य ठाउँमा पनि पार्टीमा प्रवेश गर्न आतुर छन् । फूलमालाको स्वागतसहित पार्टीमा भित्र्याउन हामी तयारी गरिरहेका छौं ।’ उनले भने ।