२० कार्तिक २०८३, शुक्रबार

मन्त्री महेश बस्नेतले भूकम्प पीडितलाई एक सय घर हस्तान्तरण गरे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MOI Nepal (2) (1) काठमाडौं, १२ जेठ । उद्योगमन्त्री महेश बस्नेतले विनाशकारी भूकम्पबाट पीडित परिवारलाई अस्थायी घर हस्तान्तरण गर्नुभएको छ ।

नेकपा एमालेका उपाध्यक्ष विद्यायदेवी भण्डारीको प्रमुख उपस्थितिमा मन्त्री बस्नेतले भक्तपुरमा भूकम्प पीडितलाई एक सय वटा घर टहरा हस्तान्तरण गर्नुभएको हो । भक्तपुर युवा संघ नेपालको घर टहरा हस्तान्तरण कार्यक्रम अन्तरगत उपाध्यक्ष भण्डारी र मन्त्री बस्नेतले घर टहरा हस्तान्तरण गर्नुभएको हो ।

उद्योगमन्त्री महेश बस्नेतले भूकम्प पश्चात् हुने पुनर्निमार्ण तथा पुर्नवासका कार्यक्रम वैज्ञानिक र रचनात्मक ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भूकम्प गएको अर्को दिनदेखि उद्वार, राहत र पुर्नवासमा युवा संघले देखाएको सशक्त भूमिकाको प्रशंसा गर्नुभयो ।

‘युवा संघ देशलाई अप्ठेरो पर्दा जहिले नी अगाडी सर्ने गरेको छ । यसलाई नयाँ नेतृत्वले कायम राख्नुहोस्’ मन्त्री बस्नेतले भन्नुभयो । कार्यक्रममा एमाले उपाध्यक्ष भण्डारीले भूकम्प पश्चात् जन्मिएको मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जितलाई सम्मान गर्नुभएको थियो ।

MOI Nepal (1)

युवा संघ नेपालका अध्यक्ष निरु पालले दिएको जानकारीका अनुसार हालसम्म युवा संघ नेपालले भूकम्प पीडितका लागि देशभर ४ सय ९७ वटा घर टहरा निर्माण सम्पन्न गरेको छ ।

कार्यक्रममा सुशासन तथा अनुगमन समितिका सभापति शेरधर राई, युवा संघ नेपालका अध्यक्ष निरु पाल, उपाध्यक्ष गोविन्द थापा, सूर्य ढकाल लगायतका पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

MOI Nepal (3)