काठमाडौँ, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले भूकम्पपीडितलाई सहयोगको नाममा विभिन्न सङ्घसंस्थाबाट धर्म परिवर्तनको प्रयास भएकामा त्यसको छानबिनको माग गरेको छ ।
सङ्गठनले विपद्को समयमा राहतको नाममा धार्मिक सद्भाव खल्बल्याउँदै केही व्यक्ति र संस्थाबाट धर्म परिवर्तनका लागि राहत सामग्रीमा बाइबलसमेत पठाइएकामा तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।
धेरै ठूलो सङ्ख्यामा शैक्षिक संस्थामा क्षति पुगेकाले तत्काल पुनःनिर्माणमा लाग्नुपर्नेमा जोड दिँदै सङ्गठनले लाखौँ विद्यार्थीको भविष्य नबिग्रने गरी वैकल्पिक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । रासस












प्रतिक्रिया