५ कार्तिक २०८३, बिहिबार

पहाडलाई पिरमर्का पर्दा मधेशलाई दुख्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kapilbastu-rahat

– शम्भू माली
कलिबस्तु, ३१ वैशाख । महाभूकम्पमा परि मृत्यु भएको घर परिवारलाई मधेशको जिल्लाले दिल खोलेर ठूलो मात्रामा नगद र जिन्सी गरि करोड रुपैयाँ बढीको राहत सामग्री संकलन गरि पठाएको छ ।

गत वैशाख १२ गते आएको विनाशकारी महाभूकम्पको विपत्तिमा परेका पीडितहरूलाई कपिलवस्तुको कृष्णनगर गाविसस्थित एक मदर्साको अगुवाईमा संकलन गरएिको ८० लाख बढीको राहत अति प्रभावित जिल्ला गोर्खामा पठाइएको छ । निगहिवा र लबनी गाबिस बाट २ ट्रक राहत सामग्री काभ्रे तर्फपठाएको हो ।

संकलित खाद्यान्न, पानी, मसला, लत्ताकपडालगायतका सामग्री काभ्रेमा पठाइएको हो । ’दुःख र पीडामा परेका पीडितहरूको घाउमा मल्हम लगाउन हामीले संकलित सानो सहयोग पठाएका हौं’, उहाँले भन्नुभयो ’अझैसम्म पनि पीडितहरू राहतबाट बन्चित भएको सुन्दा मन दुखेको छ ।’ जिल्लाबाट पठाइएकामध्ये एकैपटक सबैभन्दा धरै राहत सामग्री पहिलो पटक हो ।

पहाडका जनता महाविपत्तिमा परेको बेला आफूहरूले संचालन गरेका राहत संकलन अभियानमा जनताले साथ दिएको बताउनुभयो । स्वस्र्फूतरूपमो संकलन गरेको मुठ्ठी दानमा उठेका सामान प्रभावित जिल्लामा पठाउन पाउँदा सन्तुष्टि मिलेको छ । चामल, च्युरा, दाल, चिनी, पाउडर दुध, चाउचाउ, पानी, बिस्कुट, तेल र्ढाई, नुन, सर्फलगायतका सामग्री पठाएको छ ।

यस्तै जिल्लाको बहादुरगन्जका स्थानीयले संकलन गरेको ५० हजार बढीको राहत सामग्री मंगलबार प्रशासन कार्यालयलाई हस्तान्तरण गरेर पीडित क्षेत्रमा पठाएका छन ।

जिल्लामा हालसम्म विभिन्न निकायद्धारा करबि ३ करोडको राहत सामग्री प्रभावित जिल्लाहरू काभ्रे, गोर्खा, धादिङ, नुवाकोट, काठमाडौंलगायतका जिल्लामा पठाइएको हो । यस्तै प्रधानमन्त्री राहत कोष र जिल्ला विपद् कोषमा गरी करिब १० लाख जम्मा भएको बताइएको छ ।