५ कार्तिक २०८३, बिहिबार

भूकम्पले ललितपुरको पाँचतले मन्दिर ढल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kumbheshwor-mandirकाठमाडौँ, ३१ वैशाख । यही वैशाख २९ गते दिउँसो आएको भूकम्पका कारण ललितपुर उपमहानगरपालिका–२२ स्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको पाँचौँ छाना ध्वस्त भएको छ ।

प्रसिद्ध बङ्गलामुखी मन्दिरको अगाडि रहेको पाँचतले उक्त मन्दिरको अन्य भाग पूर्णरुपमा क्षति नभए पनि ठाउँ–ठाउँमा चर्केको देखिन्छ । मन्दिरको पाँचौँ छाना भत्किएर चौथो छानामा झरेको र गजुर भने पूरै खसेको छ ।

करिब ७०० वर्ष पुरानो उक्त मन्दिरको करिब ९० वर्षअघि जीर्णोद्वार गरिएको स्थानीय राजेन्द्र खड्गी बताउनुहुन्छ ।

यही वैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण भत्किएको उक्त छाना केही ढल्केको र १३ गते आएको अर्को भूकम्पका कारण पहिलेको स्थितिमा रहेको बताउँदै स्थानीय शान्तलक्ष्मी खड्गीले भन्नुभयो, “२९ गतेको भूकम्पले छानो क्षति पु¥यो ।”

मन्दिरको गजुर खस्दा ठूलो आवाज आएको सम्पूर्ण स्थानीयवासी डरत्रासमा बस्न बाध्य रहेको बताउनुभयो ।

मन्दिरमा क्षति भएपछि अब केही दिन नियमित रुपमा हुने पूजाआजासमेत बन्द हुने अर्का स्थानीयवासी योगेन्द्र महर्जन बताउनुभयो । उहाँले यही वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण एक हप्तासम्म बङ्गलामुखी तथा कुम्भेश्वरलगायत त्यस परिसरमा रहेका अरु मन्दिरहरुको पूजाआजा बन्द भएको बताउनुभयो । रासस