५ कार्तिक २०८३, बिहिबार

भूकम्प आउँदा फरार अभियुक्त पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arrestedभक्तपुर, ३१ वैशाख । भक्तपुर जिल्ला अदालतबाट मङ्गलबार पराकम्पन आएपछि फरार एक अभियुक्तलाई सूर्यविनायकबाट प्रहरीले पुनः बुधबार पक्राउ गरी आज जिल्ला अदालतमा पेस गरेको छ ।

जबर्जस्ती करणीमा यही वैशाख ३ गते भक्तपुरको च्यामासिंहबाट पक्राउ परेका सिन्धुपाल्चोक घर भएका गाडीका खलासी २१ वर्षीय रवि नेपालीलाई महानगरीय प्रहरी वृत्त थिमिका प्रहरीनायब उपरीक्षक देवेन्द्र पालको टोलीले सूर्यविनायकबाट आज पुनः पक्राउ गरेको हो । । म्याद थपका लागि प्रहरीले जिल्ला अदालत लग्दा वैशाख २९ गते पराकम्पन आएपछि उनी फरार थिए । रासस