५ कार्तिक २०८३, बिहिबार

भूकम्पले कलंकीमा चारतले घर भत्किदा…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamapa-houseकाठमाडौँ, ३१ वैशाख । भूकम्पबाट चर्किएको कलङ्कीको शिवनगरस्थित साढे चार तले घर आज बिहान भत्किँदा बाटो अवरुद्ध भएको छ ।

वैशाख १२ गतेको विनाशकारी भूकम्पले कलङ्की सीता पेट्रोल पम्पभित्र स्थानीय नारायणदेवी मानन्धरकोे चर्किएको घर भत्किएको कालिमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र पन्तले राससलाई जानकारी दिनुभयो ।

भूकम्पले चर्किएको सो घर खाली रहेकाले कुनै मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । रासस