५ कार्तिक २०८३, बिहिबार

कार्यालय हाजिर लगाउँदा भन्सारका दुई कर्मचारीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा (धुञ्चे), ३१ वैशाख । वैशाख १२ गतेको विनाशकारी भूकम्पसँगै आएको पहिरोमा परी बेपत्ता भएका रसुवा भन्सारका दुई कर्मचारी मृत फेला परेका छन् ।

जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेलका अनुसार फेला परेका कर्मचारीहरूमा नायब सुब्बाद्वय स्याङ्जा जिल्लाको बगालेथोकका गोपाल लामिछाने र पुतलीबजारका गङ्गाराम दोरङ्गा रहेका छन् ।

उनीहरूको शव काठमाडौँ पठाउने तयारी भइरहेको छ । कार्यालयभित्र बसिरहेका बेला पहिरो खसेपछि उनीहरुको मृत्यु भएको बताइएको छ ।
पहिरोमा परी हराइरहेका गुल्मीका नासु ख्यालबहादुर अर्याल र एक भान्छेसमेतको खोजी कार्य भइरहेको बताइएको छ ।

खोज उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र चिनियाँ उद्धारकर्मी जुटिरहेको सुरक्षा निकायले बताएका छन् । रासस