काठमाडौँ, ३१ वैशाख । कञ्चनपुरका युवाहरुले बुधबार ललितपुरको ग्रामिण भेगका भूकम्पपीडितहरुलाई राहत सामग्री बाँडेका छन् ।
कञ्चनपुरको झलारी गाविसका छ जना युवाको समुहले ललितपुरको गोदामचोर गाउँमा पुगि राहत सामग्री वितरण गरेका हुन् । झलारीबाट यहाँ आएका ‘गुडलक इभेन्ट म्यानेजमेन्ट’ समुहले गोदामचोकका पीडितलाई १० बोरा चामल, २० कार्टुन चाउचाउ, १० बोरा चिउरा, दश कार्टुन बिस्कुट बाँडेका हुन् ।
राहत बाँड्न आएका भाष्कर भट्ट, डम्मर ठकुल्ला, ललितबहादुर ऐर, प्रितम केसी, रञ्जित चौधरी र अर्जुन धामीको समुहले उक्त राहत सामग्री वितरण गरेका हुन् ।
‘पीडितको अवस्था देखेर आफ्नो गोजी खर्चको रकम जुटाएर राहत सामग्री किनेर ल्याएका हौँ’ भाष्कर भट्टले भन्नुभयो । अन्य पीडितलाई थप राहत सामग्री जुटाएर उपलब्ध गराउने उहाँले बताउनुभयो । उक्त समुह थप राहत सामग्री जुटाउन बिहीबार कञ्चनपुर फर्केको छ ।
















प्रतिक्रिया