५ कार्तिक २०८३, बिहिबार

भूकम्पका कारण ज्यान गुमाउनेको संख्या आठ हजार दुई सय पचास पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rahat4

काठमाडौँ, ३१ वैशाख । गत वैशाख १२ गते र २९ गते गएको भूकम्पमा परी आठ हजार २ सय ५० जनाको ज्यान गएको छ ।

गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारी अनुसार वैशाख १२ गतेको भूकम्पबाट आठ हजार १५४ र २९ गतेको भूकम्पबाट ९६ जनाको मृत्यु भएको हो ।

पछिल्लो तथ्याङ्कअनुसार हालसम्म पूर्ण क्षति हुने सरकारी कार्यालयको सङ्ख्या ६ सय  ७३ र आंशिक क्षति भएका कार्यालयको सङ्ख्या एक हजार ७ सय  ४२ रहेको छ ।

भूकम्पबाट सर्वसाधारणका चार लाख ७९ हजार ३०८ घर पूर्णरुपमा क्षति भएका छन् भने दुई लाख ६३ हजार २६ घर आंशिक क्षति भएका छन् । रासस ।