५ कार्तिक २०८३, बिहिबार

झापामा हावाहुरीका कारण एक दर्जन स्थानका विद्युत् सेवा अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gridकाँकडभिट्टा (झापा), ३१ वैशाख । झापामा हावाहुरीका कारण तीन दिनदेखि एक दर्जनभन्दा बढी स्थानका विद्युत् सेवा अवरुद्ध भएको छ ।

सोमबार साँझ आएको हावाहुरीका कारण विद्युत् पोल ढलेपछि काँकडभिट्टा, धुलाबारी, चारआली चन्द्रगढी, भद्रपुर, बिर्तामोड, शनिअर्जुन, दुहागढी, गरामनी, सुरुङ्गा, घैलाडुब्बालगायतका क्षेत्रका विद्युत्का पोल लडेपछि सेवा अवरुद्ध भएकोे नेपाल विद्युत् प्राधिकरणको कार्यालय बिर्तामोडले जनाएको छ ।

प्राधिकरण प्रमुख राजीवकुमार सिंहले बिर्तामोड कार्यालय मातहत क्षेत्रमा मात्रै ६० भन्दा बढी पोल लडेको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म चाँडोभन्दा चाँडो सेवा नियमित गर्ने प्रयासमा छौँ ।”