५ कार्तिक २०८३, बिहिबार

त्रास र भय नफैलाउन अनलाइन सञ्चार माध्यमलाई आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० बैशाख । अनुमान र हल्लाका भरमा कतिपय न्युज पोर्टल र समाजिक सञ्जालमा प्रेसित समाचारले थप त्रास र भयको वातावरण सिर्जना गरेको भन्दै अनलाइन पत्रकार संघले सञ्चारकर्मीलाई सचेत गराएको छ ।

परिस्थितिलाई जटिल बनाउने, अनावश्यक भय सिर्जना गर्ने कुनै पनि कार्य नगर्न आग्रह गरिएको छ । ‘मानवीय संवेदनालाई ख्याल नगरी, भरपर्दो स्रोत बिना यस्ता गैर जिम्मेवार कृयाकलापले सिंगो पत्रकारिता क्षेत्रको विश्वास गुम्न सक्छ’ विज्ञप्तिमा उल्लेख छ । ‘विपतको घडीमा सत्य, तथ्य समाचार सक्दो चाँडो सम्प्रेषण गरी जीवन रक्षा, राहत र पुनः निर्माण अभियानमा सहयोग पुर्‍याउनु हामी सबैको कर्तव्य हो ।’

संघका अध्यक्ष प्रवेश सुवेदीले जारी गरेको विज्ञप्तिमा ज्यादै संकटपूर्ण अवस्थामा पनि व्यावसायिक जिम्मेवारीबाट विचल्लित नभई थुप्रै नेपाली अनलाइनले निभाएको भूमिकाको प्रशंसा समेत गरिएको छ ।