५ कार्तिक २०८३, बिहिबार

हराइरहेको हेलिकप्टरको खोजी गर्न तामाकोसीमा चालीस वटा डुङगाको प्रयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tamakoshi-upperचरिकोट (दोलखा), ३० वैशाख । मङ्गलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकप्टर तामाकोसी नदीमा खसेको आशँकामा आज नेपाली सेनाले खोजि गरिरहेको छ ।

हेलिकप्टर खोजि गर्न ४० वटा डुङ्गाको प्रयोग गरिएको छ । दोलखाको सुनखानी गाविस नजिकै तामाकोसी नदीमा हेलिकप्टरको खोजि भइरहेको चरिकोटस्थित बर्दबहादुर गणका सेनानी राजन दाहालले जानकारी दिनुभयो । उहाँले खोजिकार्यमा दुई सयभन्दा बढी सैनिक परिचालन गरिएको बताउनुभयो । स्थानिय वासिन्दाले सुनखानी गाविस वरपर ठुलो आवाज आएको जानकारी दिएपछि उक्त हेलिकप्टर खसेको आशँका गर्दै सेनाले नदीमा खोजिकार्य थालेको हो ।

“अहिलेसम्म केही पत्तो लागेको छैन” सेनानी दाहालले भन्नुभयो ।

यसैगरी मङ्गलबार गएको भूकम्पबाट दोलखामा आजसम्म ६१ जनाको मृत्यु भएको छ । २०६ जना घाइते भएका छन् । हेलिकप्टर अभावले ग्रामिण भेगमा उद्धार र राहतको कार्य प्रभावित भएको छ । भूकम्पपछि विभिन्न ठाउँमा पहिरो गएका कारण यातायात अवरुद्ध छ भने उद्धार गर्न ढिलाइ भइरहेको छ ।

यस्तै लादुक गाविस–६ स्थित बोलबोल खोला नजिक राहत सामग्री लिएर गएका दुई वटा ट्रक तथा एउटा जिप पहिरोमा परेको आशँका गरिएको छ । स्थानिय वासिन्दाले दिएको जानकारी अनुसार १६ जनाभन्दा बढी व्यक्ति पहिरोमा परी हराइरहेको अनुमान गरिएको छ । रासस