५ कार्तिक २०८३, बिहिबार

त्रिपाल बाँड्दा संसदमै सभाषद्बीच भनाभन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansad-1काठमाडौँ, ३० वैशाख । संविधानसभा भवन नयाँ वानेश्वरमा आज सरकारले सभासद्हरूलाई त्रिपाल वितरण गर्दा विवाद भएपछि सभाध्यक्ष सुवास नेम्वाङले वितरण कार्य रोक्न आदेश दिनुभएको छ । सहरी विकास र गृह मन्त्रालयको आग्रहका आधारमा संसद् सचिवालयले पाल वितरण गरेको थियो ।
पीडित जनताले पर्याप्त पाल नपाएको स्थितिमा सभासद्ले पाल लिनु कति उचित ? भन्ने प्रश्न उब्जिएको र केही सभासद्ले अध्यक्ष नेम्वाङलाई सो कार्य रोकाउन आग्रह गर्नुभएको थियो । नेम्वाङले आफ्नो जानकारीविना सभासद्लाई पाल वितरण गरिएको जनाउँदै रोक्न आदेश दिएपछि सो कार्य स्थगित भएको थियो । सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने सहरी विकास र गृह मन्त्रालयको आग्रहमा त्रिपाल वितरण गरिएको पत्रकारलाई बताउनुभयो । रोक्का गर्नुअघि करिव २०० सभासद्ले पाल लिइसक्नुभएको थियो ।
पाल वितरणको विवादका कारण दिउँसो १ बजे बोलाइएको व्यवस्थापिका संसद्को बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूले सो त्रिपाल नलिने घोषणा गर्नुभएको थियो । एनेकपा (माओवादी) का मुख्य सचेतक गिरिराजमणि पोखरेलले त्रिपाल लिएर भूकम्प अतिप्रभावित जिल्ला दोलखाका जनतालाई पठाउन सभासद्लाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पनि विवाद देखिएपछि त्रिपाल फिर्ता गरेको बताउनुभयो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि जनताले नपाएको अवस्थामा आफूहरुले पाल नलिने बताउनुभयो ।
संसद्मा प्रस्तुत सङ्कल्प प्रस्तावको छलफलका क्रममा सांसद्हरुले सरकारले राहत वितरणमा आफूहरुसँग समन्वय नगरेको गुनासो गर्नुभएको थियो । रासस