५ कार्तिक २०८३, बिहिबार

स्तानक तह तेस्रो वर्षका सबै परीक्षा स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौं, ३० वैशाख । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्नातक तहका सबै परीक्षा स्थगित भएका छन् ।

विश्वविद्यालयको परीक्षा समितिको आज बसेको बैठकले अनिश्चितकालसम्मका लागि परीक्षा स्थगन गरेको हो ।

पटक–पटक आइरहेको भूकम्पका कारण परीक्षा समितिले अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगन गरेको परीक्षा नियन्त्रण कार्यालयका सह नियन्त्रक डा नारायण बेल्वासेले जानकारी दिनुभयो ।

विश्वविद्यालयले आगामी जेठ १४ गतेदेखि स्नातक तह तेस्रो वर्षको परीक्षा गर्ने तालिका प्रकाशित गरेको थियो ।

दुई महिनाको शुल्क मिनाहा गर्न नेविसङ्घको माग

नेपाल विद्यार्थी सङ्घले भूकम्प प्रभावित क्षेत्रअन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थामा वैशाख र जेठ महिनाको सम्पूर्ण शुल्क मिनाहा गर्न माग गरेको छ । नेविसङ्घले आज राजधानीमा पत्रकार सम्मेलन गरी क्षतिग्रस्त विद्यालय तथा क्याम्पसको पुनःनिर्माण तत्काल गरी अध्ययन अध्यापनको वातावरण बनाउन माग गरेको हो ।

भूकम्पमा परी ज्यान गुमाएका परिवारजनका निम्ति अस्थायी आवास व्यवस्था गरी टुहुरा बालबालिकाको आवासीय व्यवस्थासहित निःशुल्क पठनपाठनको व्यवस्था गर्नुका साथै त्यस्ता परिवारका सदस्यमध्ये न्यूनतम एकजनालाई रोजगारीको व्यवस्था गर्न सङ्घका अध्यक्ष रञ्जित कर्णले माग गर्नुभयो । रासस