५ कार्तिक २०८३, बिहिबार

पानीको पाइपको आवाजले तर्साउँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा (धुन्चे), ३० वैशाख । गएराति धुन्चे इलाका क्षेत्रमा विभिन्न आशङ्का गरी जनमानस त्रसित भए पनि त्यस्तो कुनै अवस्था नरहेको पुष्टि भएको छ ।

गएराति १२ बजेदेखि नदी कराएजस्तो र मोटरको टायर फुटेजस्तो आवाज आएपछि प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारी एवम् स्थानीयवासीबाट स्थलगत निरीक्षण गर्दा नदी कराएको आवाज नभई खानेपानीको पाइपबाट आएको आवाज भएको पाइएको छ ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख रविमोहन कोइरालाले खानेपानीको पाइप जोडेको ठाउँमा साना–साना प्वाल पर्नसक्ने र यस्तो आवाज आउने भएकाले अन्यथा भ्रममा नपर्न स्थानीय समुदायमाझ आग्रह गर्नुभएको छ ।

सशस्त्र प्रहरी धुन्चे बेसक्याम्प अगाडि यस्तो आवाज आएपछि जनमानसमा आशङ्का र त्रास बढेको थियो । खानेपानीको ट्याङ्कीबाट पाइपमा जाने पानी बन्द गराएपछि सबै आवाज हटेको प्रमुख कोइरालाले बताउनुभयो । रासस