काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री सुशील कोइरालासँग भारतीय प्रधानमन्त्रीका दूतका रुपमा नेपाल आइपुगेका भारतीय जनता पार्टीका नेताले भेटवार्ता गरेका छन् ।
भारतीय प्रधानमन्त्रीको दल भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारीले शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका हुन् ।
भेटमा उहाँले नेपालमा हालै आएको भूकम्पले पुर्याएको जनधनको क्षतिप्रति भारतीय जनता पार्टीको संसदीय दलका नेता समेत रहेका भारतीय प्रधानमन्त्री मोदी, भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री कोइराला र उहाँमार्फत नेपाल सरकार, भूकम्पपीडित जनता र यस घटनाबाट दुःखित समस्त नेपाली जनताप्रति समवेदना प्रकट गर्नु भएको थियो ।
भेटमा प्रधानमन्त्री कोइरालाले यस्तो विनाशकारी भूकम्पको कल्पनासमेत नगरिएको बताउँदै भूकम्पबाट प्रभावितको उद्धार र राहत कार्यमा भारत सरकारबाट प्राप्त सहयोगको प्रशंसा गर्नुभएको थियो ।
प्रधानमन्त्री कोइरालाले भूकम्पबाट प्रभावितको पुनःस्थापना र यसले पुर्याएको भौतिक संरचनाको पुनःनिर्माणमा समेत भारतको सहयोग पाउनेमा आफू आशावादी रहेको बताउनुभएको थियो ।













प्रतिक्रिया