काठमाडौं, १२ वैशाख । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी २ घण्टा लोडसेडिङ घटाएको छ । नयाँ तालिका अनुसार अब दैनिक साढे ६ घन्टा मात्रै हुनेछ । यसअघि दैनिक साढे ८ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
कुलेखानी जलाशयको पानी उचित व्यवस्थापन गरिएकाले लोडसेडिङ घटाइएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
‘यसवर्ष कुलेखानीको पानीले केही मेघावाट विद्यु्त प्रशारण लाइनमा जोडेको छ । खपत अनुसार आयात भएकाले केही कम गरिएको हो’ उहाँले भन्नुभयो । उहाँका अनुसार अहिलेको लोडसेडिङ गतवर्ष भन्दा कम हो ।
यसअघि सातामा ५५ घन्टा विद्युत कटौती हुँदै आएकोमा अबदेखि ४७ घन्टा मात्रै हुनेछ । भारतबाट बढी विद्युत आयात गरिएको र कुलेखानीको पानी संचित पनि राम्रो भएकाले घटाउन सकिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले केही दिन अगाडी मात्रै लोडसेडिङ १ घण्टा कम गरेको थियो ।
















प्रतिक्रिया