३० आश्विन २०८३, शुक्रबार

यि हुन विश्वकै कान्छा अर्बपति, यसरी कमाउन सम्पत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

evan-thomasकाठमाडौं, १२ वैशाख । इन्टरनेटमा लगानी गर्ने एक जना अमेरिकी नागरिक इभान थोमस स्पाइगल विश्वकै कान्छो अर्बपति हुन् । २४ औं वसन्त मात्र पूरा गरेका उनी अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जेल्सका बासिन्दा हुन् । सन् १९९० को जुन ४ मा उनको जन्म भएको हो ।

उनी मोबाइल एप्लिकेसन ‘स्नापच्याट’ का प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुन् । उनको कुल सम्पति डेढ अर्ब (१ दशमलव ५ बिलियन) अमेरिकी डलर रहेको छ । फोब्र्स पत्रिकाको अनुसार यो वर्षको सूचीमा उनी कान्छो अर्बपतिमा पहिलो स्थानमा छन् ।

उनीपछि बबी मर्फी संसारकै दोस्रो कान्छा अर्बपति हुन् । मर्फीको उमेर २६ वर्ष मात्रै छन् । त्यस्तै तेस्रो कान्छो अर्बपतिको सूचीमा २९ वर्षीय जुलियो मारिया छन् ।

विश्वकै चौथो कान्छो अर्बपति सूचीमा फेसबुकका संस्थापक ३० वर्षीय मार्क जुकुरवर्ग परेका छन् । सबै अमेरिकाका बासिन्दा हुन् । आजको कान्तिपुरमा दैनिकमा समाचार छापिएको छ ।