३० आश्विन २०८३, शुक्रबार

अब ४ हजारमै पाउनुहोस् व्याट्री १५ दिन चल्ने स्मार्टफोन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

carban-mobileकाठमाडौं, ९ वैशाख । मोबाइल फोनको बहुप्रतिष्ठित कम्पनी कार्बनले उत्कृष्ठ स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले सस्तो मूल्यको १५ दिन व्याट्री टिक्ने स्मार्टफोन बजारमा ल्याउन लागिएको हो । यो एक एन्ट्री लेवल स्मार्टफोन हो ।

जसको नाम बीब ए १२० एफ हो । यसको मूल्य मात्रै चार हजार रहेको बताइएको छ । दुईवटा सीम प्रयोग गर्न सकिने यो स्मार्टफोन मुख्य विशेषता भनेको १५ दिनसम्म व्याट्री चार्ज गर्नुपर्दैन् । एकपटक चार्ज गरेपछि पुरै १५ दिनसम्म ढुक्क हुने जनाइएको छ ।

तौल हलुका भएको यो स्मार्टफोनमा उच्च स्तरको क्यामेरा र व्याट्री पाइनेछ । यसका अतिरिक्त नयाँ प्रविधि समेत पाउन सकिनेछ । फोन सम्पर्कमा पनि क्लियर आवाज कानै नसुन्नेका लागि पनि आवाज सुन्न पाउने प्रविधि राखिएको छ ।

यो स्मार्टफोन अर्काे हप्ता सम्म लञ्च हुने कार्बन कम्पनीले जनाएको छ । एजेन्सी