३० आश्विन २०८३, शुक्रबार

मिनिरल वाटरमा लेदो भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pani

मोरङ (पथरी), ८ वैशाख । विराटनगरमा खानेपानी मिनिरल वाटरमा अखाद्य वस्तु माटोको लेदो फेला परेको छ ।

श्रीजल उद्योगले उत्पादन गरेको सिलबन्दी प्याक पानीको बोतलको सिलबन्दी प्याकमा माटोको लेदो भेटिएको हो ।

जिल्ला शिक्षा कार्यालय मोरङमा पिउनका लागि एक कार्टुन पानीका बोतल मगाइएकामा कार्टुनमा रहेका सबै एक्वामरिन नामक पानीको बोतलमा पानीमा फोहोर पदार्थ भेटिएको थियो ।

श्रीजल उद्योगको नाममा ब्याच नम्बर ०५ एम १९ नम्बरका बोतलमा फोहोरको लेदो भोटिएको हो । पानीमा लेदो भेटिएपछि छलफलमा नै सहभागी पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले उपभोक्तामाथि चरम शोषण भएको बताउनुभयो ।

प्रदूषणयुक्त पानी बजारमा पठाएर कम्पनीले सर्वसाधारण उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको उहाँको भनाइ छ । रासस