काठमाडौँ, ७ वैशाख । अखिल नेपाल लनटेनिस सङ्घले बैंकको नवौँ वार्षिकोत्सवको अवसरमा ‘चौथो सिटिजन्स् बैंक खुला लनटेनिस प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
आज बैंकको प्राङ्गणमा गरिएको पत्रकार सम्मेलनका लनटेनिस सङ्घका अध्यक्ष मनोहरदास मूलले प्रतियोगिताबारे जानकारी गराउनुभयो ।
दशरथ रङ्गशालास्थित टेनिस कम्प्लेक्स् र सातदोबाटोको टेनिस कोर्टमा १३ वैशाखदेखि १९ सम्म चल्ने प्रतियोगिता १५० भन्दा बढी खेलाडीले भाग लिने आयोजकको दाबी छ ।
प्रतियोगितामा ३५, ४५ र ५५ वर्षमाथिको एकल र युगल तथा ६५ वर्षमाथि एकलमा प्रतिस्पर्धा हुनेछ । साथै, महिला एकल तथा पुरुष एकल र युगलमा पनि भिडन्त हुनेछ ।
प्रतियोगितामा क्वाटरफाइनलसम्मका लागि ट्रफीसहित नगद पुरस्कारको व्यवस्था गरिएको छ । यसका लागि कुल लागत करिब रु दुई लाख लाग्ने आयोजकले जनाएको छ । रासस















प्रतिक्रिया