३० आश्विन २०८३, शुक्रबार

स्वाईनफ्लुको त्रासले बंगुरपालक कृषक मारमा, करोडौको नोक्सानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bangur

– तीर्थ नेपाल 

चितवन, ६ वैशाख । भरतपुर उप–महानगरपालिका २१ स्थित देवनगरमा रहेको पाथिभरा पशुपालन केन्द्रवाट किसान नरेन्द्र कन्दङ्वाले हरेक दिन ५० वटा बंगुरका पाठा बेच्ने गर्दथे । उनको फामवाट मासिक ४ टन मासु खपत हुन्थ्यो । तर आजभोली दैनिक बंगुरका ५ वटा पाठा बेच्न पनि उनलाई मुस्किल छ । मासिक एक टन मासु पनि खपत हुन सकेको छैन ।

एउटा पाठाको मूल्य रु ४ हजार पर्ने गर्दछ । मासु प्रति केजी ३२० देखि ३५० रुपैया छ । उनीजस्तै देशभर ठूला ९ सय ५० बंगुर फार्मका सञ्चालकहरु अहिले मर्कामा परेका छन् ।

पछिल्लोपटक प्रकोपका रुपमा फैलिएको स्वाईनफ्लुको चर्चाले वंगुरपालक किसान बजारको अभावमा मर्कामा परेका हुन् । एन्फ्लुएन्जा एचवानएनवान संक्रमणलाई स्वाइन फ्लु भनी प्रचार हुदां वंगुरको मासु र पाठा बिक्रिमा कमी आएको उनीहरुको भनाई छ । बंंगुर व्यवसायी संघ नेपालले भरतपुरमा आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले अहिले फैलिरहेको भ्रमका कारण करोडौं मूल्य वरावरको नोक्सानी बेहोर्नु परेको बताए ।

संघका केन्द्रीय सचिव रामकृष्ण रेग्मीले पूर्वदेखि पश्चिम नेपालमा व्यवसायिक रुपमा वंगुर पालेका किसानको व्यापार ६० प्रतिशतले घटेको जानकारी दिए । उनका अनुसार संघमा नौसय ५० व्यवसायिक फर्म दर्ता भएको बताउदै ती फर्महरुमा १५ लाख वंगुर पालिएका छन् । बैंकको ऋण लिएर व्यवसाय गरेका किसानलाइ स्वाइनफ्लु रोगको हल्लाले गर्दा किस्ता र व्याज तिर्नलाइ समेत समस्या परेको उनले बताए ।

व्यवसाय धरासायी हुदा समेत यस विषयमा समाजमा देखा परेको भ्रम हटाउन सरकारको ध्यान जान नसकेको भन्दै उनले आपत्ती जनाए । चितवन जिल्लामा मात्रै संघमा आवद्ध दुइसय भन्दा वढी फर्महरु दर्ता भएको जिल्ला सचिव विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार दैनिक १५ सय क्वीन्टल मासु विक्री हुदै आएकोमा रोगको गलत प्रचार भएपछि जिल्लामा दैनिक ५ क्वीन्टल मात्र विक्री भएको बताए ।

७ बर्ष युरोप बसेर फर्किएको बताउने घिमिरेले करोडौंको लगानी जोखिममा डुव्न लाग्न लागेको भन्दै चिन्ता ब्यक्त गरे । ‘हामी जस्ता युवाहरु स्वदेशमै केहि गर्नुपर्छ भनेर बंगुर पालेर बसेका छौं, भ्रम पूर्ण हल्लाकै कारण हाम्रो ब्यवसााय चौपट हुदा समेत सरकार मौन बसेको छ’–उनले भने ।

मानिसबाट मानिसमा सर्ने एन्फ्लुएन्जा एचवानएनवान भएपनि वंगुरबाट सर्ने भन्दै प्रचार हुँदा आफूहरुको व्यवसाय नै धरापमा परेको वंगुर पालक किसानले जानकारी दिएका छन् । अहिलेसम्म वंगुर पाल्ने किसान तथा कामदारलाई स्वाइनफ्लु रोग नलागेपनि गलत प्रचारले गर्दा वंगुरपालन व्यवसाय चौपट परेको संघका सल्लाहकार नरेन्द्र कन्दङवाले बताए । रोगको हल्ला वढेपछि दुइ महिना अगाडिदेखि समस्या आएको वंगुुर व्यवसायमा एक महिना अगाडिदेखि मासु, पाठापाठी विक्री वितरण ठप्प जस्तै भएको कन्दङवाले जानकारी दिए ।

संघले दिएको जानकारी अनुसार मासुको लागि अहिले चितवनमा २५ हजार वटा वंगुर तयारी अवस्थामा रहेपनि विक्री हुन नसक्दा पाल्नलाई समस्या भएको छ ।

अहिलेको प्रकोप बंगुरका कारण नभएको र यसको मासु प्रयोग गर्दा कुनै असर नपर्ने भनी जनतालाई बिश्वस्त बनाउनु पर्ने वंगुर पालक किसानहरुको माग छ । नेपालमा मासुका लागि बंगुरपालन सजिलो र आम्दानीका हिसावले बढी हुने भएकाले पनि बंगुरपालन प्रति पछिल्लो पटक आकर्षण बढ्दै गएको थियो ।