३० आश्विन २०८३, शुक्रबार

पाल्पामा कृषकलाई निःशुल्क अदूवा बीउ वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Seed (1)

पाल्पा, ६ वैशाख  । एक गाउँ एक उत्पादन जिल्ला सचिवालय ‘ओभीओपी’ पाल्पाले भैरवस्थान र फेकका कृषकहरुलाई अदूवाको बीउ वितरण कार्य सम्पन्न गरेको छ ।

आईतबार खस्यौली सामुदायिक अध्ययन केन्द्रको सभाहलमा भएको सरोकारवालाहरु बीचको अन्तरक्रिया कार्यक्रममा ३ हजार ३ सय ३३ किलोग्राम अदूवा वीउ वीतरण गरिएको हो । उक्त बीउ ५० प्रतिशत अनुदानमा सचिवालयले खरीद गरेको हो ।

कार्यक्रममा अदूवा वीउ आकस्मिक उपचार विषादी समेत वितरण गरिएको कार्यक्रमका सदस्य सचिव मुक्तिप्रसाद न्यौपानेले बताए । कार्यक्रममा बोल्दै कार्यक्रमका संयोजक राजु महर्जनले ओभीओपीले आगामी दिनहरु कृषकहरुबाट उत्पादन भएको अदूवाको बजारीकरण गर्ने बताए ।

उनले भने, ‘व्यवसायिक तरिकाबाट अदूवाको खेती गर्ने र ग्रेडिङ्ग, प्याकेजिङ्ग एवं प्रशोधन उद्योग स्थापना गर्ने कार्यक्रमहरु ल्याएर केन्द्रिय बजारमा पहुँच पुर्‍याउने प्रयासमा लागिपरेका छौं ।’ कार्यक्रममा बोल्दै भैरव ग्रामीण महिला समूहकि लक्ष्मी खनालले कृषकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमहरुबाट व्यक्तिगत आयस्रोतमा समेत वृद्धि हुने भएकोले यसतर्फ ध्यान दिन आग्रह गरेकि गरिन् ।

अन्तरक्रियामा बोल्दै पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मधुदयाल सैंजुले कृषक, उत्पादक, संघलनकर्ता, प्रशोधनकर्ता र व्यापारीमा लक्षित यस कार्यक्रमले गाउँबस्तीमा आर्थिक विकासमा कृषिको महत्व उजागर गरेको बताए ।

संघका वाणिज्य उपाध्यक्ष मोहनप्रसाद श्रेष्ठले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै नगदेबालीको रुपमा रहेको अदूवालाई विविधिकरण गर्दै आर्थिक लाभ हासिल गर्न अनुरोध गरेका थिए । अदूवा बीउ भैरवस्थान गाविसमा भैरव ग्रामीण महिला समूह र चण्डेश्वरी महिला समूह साथै फेक गाविसमा नमूना सामूहिक कृषि फर्मलाई प्रदान गरिएको हो ।