३० आश्विन २०८३, शुक्रबार

भक्तपुर औद्योगिक मेलामा सात करोडको कारोबार, साँगीतिक प्रस्तुतीले दैनिक हजारौको भीड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhaktpur-mela

भक्तपुर, ५ वैशाख । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले संयुक्त रुपमा भक्तपुरको सल्लाघारीमा गत २७ गते देखी आयोजना भएको औद्योगिक व्यापार मेलामा बच्चादेखि बृद्धासम्मको घुईचो लागेको छ ।

मनोरञ्जनका बिभिन्न खेल सामाग्री तथा बिभिन्न चर्चित कलाकारहरुको सागीतिक कार्यक्रम संचालन भएपछि मेलामा बच्चा, युवादेखि बृद्धासमेतको भीड बढेको छ ।

अञ्जु पन्त, कोमल वली, धिरज राई, सुगम पोखरेल, गुल्मी गाईज, बाबु बोगटी, बद्री पंगेनी, घमेश दुलाल, ज्योति घिमिरे, मध्यपुर ब्वाईज ब्याण्ड, द एक्स व्याण्ड, कलिन्द ब्याण्ड, कर्मा रुम्बा, आरम्भ ब्याण्ड, निसा देसार, हेमन्त शर्मा, ज्योति मगर, राधिका हमाल, सरिता प्रजापति, सिमा शाह, गिरिष खतिवडा, उदय श्रेष्ठ, शिव हमाल लगायतका कलाकारको प्रस्तुतीले मेलाको आकर्षण बढाएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताउनुभयो ।

कार्यक्रममा हाँस्य कलाकार मनोज गजुरेल, दमन रुपाखेती, निरु खड्का (ठ्यास कुमारी), जादुगर महादेव त्रिपाठी, ज्योती काफ्ले (नक्कली बाबुराम), होचा कलाकार दिपेन्द्र शाह लगायतका कलाकारहरुले प्रस्तुत गरेको हास्य व्यंग्य प्रस्तुतीले दिनानुदिन सहभागिहरुको भीड लागेको हो ।

मेलामा बाल उद्यान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल, मोटरसाईकल राईडिङ्गले बालबालिकाहरुलाई मेलामा आकर्षण गरेको मेलाका संयोजक दीपक थापाले बताउनुभयो ।

आजसम्मको मेलामा ७ करोड रुपैयाको कारोबार भएको र करिब ३ लाख जनाले अवलोकन गरेको महतले जानकारी दिनुभयो । मेलामा लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडा, ईलेक्ट्रोनिक्स सामाग्रीहरु गरि २१० वटा स्टल रहेको मेलाका निर्देशक सुनिल बज्राचार्यले बताउनुभयो ।