१३ कार्तिक २०८३, शुक्रबार

एमाले नेता रामनाथ ढकालको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramnath-Dhakal-Death

काठमाडौँ, २२ चैत । नेकपा एमालेका नेता रामनाथ ढकालको निधन भएको छ ।

काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत ढकालको आज दिउँसो एक बजेर ४० मिनेटमा निधन भएको हो । उहाँ निमोनिया र स्वाइन फ्लुबाट गम्भीर बिरामी हुनुहुन्थ्यो । उहाँ चिनी रोगबाट समेत ग्रसित हुनुहुन्थ्यो ।

ढकालको निधन भएको ग्रान्डी अस्पतालका चिकित्सक प्रेम ज्ञवालीले ढकालको पुष्टि गरेका छन् ।

एमाले पोलिटव्युरो सदस्य रहेका ढकाल लुम्बिनी अञ्चल इन्चार्ज समेत हुनुहुन्थ्यो । नेकपा एमालेले समेत ढकालको निधन भएको पुष्टि गरेको छ ।
यो पनि पढ्नुस् :
बागलुङ हिँडेका एमाले महासचिव बाटोबाटै फर्किए, यसरी गरिँदैछ ढकालको अन्त्येष्टि