काठमाडौँ, २२ चैत । नेकपा एमालेका नेता रामनाथ ढकालको निधन भएको छ ।
काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत ढकालको आज दिउँसो एक बजेर ४० मिनेटमा निधन भएको हो । उहाँ निमोनिया र स्वाइन फ्लुबाट गम्भीर बिरामी हुनुहुन्थ्यो । उहाँ चिनी रोगबाट समेत ग्रसित हुनुहुन्थ्यो ।
ढकालको निधन भएको ग्रान्डी अस्पतालका चिकित्सक प्रेम ज्ञवालीले ढकालको पुष्टि गरेका छन् ।
एमाले पोलिटव्युरो सदस्य रहेका ढकाल लुम्बिनी अञ्चल इन्चार्ज समेत हुनुहुन्थ्यो । नेकपा एमालेले समेत ढकालको निधन भएको पुष्टि गरेको छ ।
यो पनि पढ्नुस् :
बागलुङ हिँडेका एमाले महासचिव बाटोबाटै फर्किए, यसरी गरिँदैछ ढकालको अन्त्येष्टि















प्रतिक्रिया