काठमाडौं, २० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म दलहरुबीच सहमति जुटाएर संविधान निर्माण गर्न जोड दिइएको र सहमति जुटाउन दलहरु छलफलमा व्यस्त रहेको बताउनुभएको छ ।
नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव सुब्रमन्यम् जयशङ्करले व्यक्त गरेको चासोमा नेता ओलीले छिट्टै सहमति जुट्नेमा आफू विश्वस्त रहेको जानकारी गराउँदै तत्काल सबै विषयमा सहमति नजुटे सहमति भएका विषयलाई समेटेर संविधान जारी गर्ने पक्षमा आफूहरु रहेको धारणा राखेको एमाले सचेतक अग्नि खरेलले जानकारी दिनुभयो ।
‘सङ्क्रमणलाई टुङ्ग्याएर सहमतिमै संविधान जारी गर्नका लागि दलहरु क्रियाशील भएकै कारण संविधान निर्माणमा ढिलाइ भएको हो, अब नेपालले छिट्टै संविधान पाउने छ’नेता ओलीलाई उद्धृत गर्दै खरेलले भन्नुभयो ।
भेटवार्तामा भारतीय विदेशसचिवले नेपालमा जतिसक्दो चाँडो संविधान जारी गरेर आर्थिक समृद्धिको बाटामा नेपाल लागोस् भन्ने भारत सरकारको चाहना रहेको बताउनुभयो ।














प्रतिक्रिया