काठमाडौं, २० चैत । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले दलहरुबीच वार्ताको प्रयास सकारात्मक भएकाले जेठ १५ भित्रै संविधान जारी हुने बताउनुएको छ ।
गणेशमान सिंह पदयात्राका क्रममा चितवनमा रहेका मन्त्री सिंहले वार्ता र सहमति नभए प्रक्रियाबाटै भएपनि जेठ १५ भित्रै जनताको संविधान जारी गरिने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो-‘जेठ १५ मा संविधान जारी भएरै छाड्ने छ’ उपप्रधानमन्त्री सिंहले चितवनको माडी ऐतिहासिक क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।














प्रतिक्रिया