१३ कार्तिक २०८३, शुक्रबार

सुजाता भन्छिन्-‘बलात्कारीलाई फाँसीमा झुण्ड्याउनुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sujata-Koiralaइलाम, २० चैत । नेपाली काँग्रेसकी नेतृ तथा केन्द्रीय सदस्य सुजाता कोइरालाले महिला हिंसाका घटना न्यूनिकरण गर्न कडा कानुनको आवश्यकता रहेको बताउनुभएको छ ।

शुक्रबार इलाममा आयोजित नेपाल प्रेस युनियनको पत्रकार सम्मेलनमा बोल्दै नेतृ कोइरालाले देशमा बढ्दै गइरहेको बलात्कारका घटना रोक्न त्यसमा संलग्नलाई आजीवन काराबासको सजाय हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो-‘कानुन नहुँदा अपराधिक मनोबल बढेर समाजका दिनानुदिन महिला हिंसा बढ्यो । बलात्कार त दिनदिनै हुन थाल्यो । अब बलात्कार रोक्न बलात्कारीलाई आजीवन कारावासको सजाय नभए फाँसीमा झुण्ड्याउनुपर्छ ।’

उहाँले देश कानुन निर्माण प्रक्रियामा रहेको बताउँदै नयाँ संविधानले महिला हिंसालाई पूर्ण रुपमा नियन्त्रण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै फरक प्रसङ्गमा नेत्री कोइरालाले संविधानसभा बाहिर बसेका माओवादीसहितका ३० दलले देशमा जातीय विखण्डन ल्याउन खोजेको आरोप लगाउँदै उहाँले आन्दोलनरत दललाई वार्ता र सहमतिमा आउन आग्रह गर्नुभयो ।

‘सहमति र वार्ताका माध्यमबाट निकास खोजौँ’, कोइरालाले भन्नुभयो, ‘बारम्बार सहमतिको नाममा पर्खन सक्दैनौँ, आउनुभएन भने प्रक्रिया अघि बढ्छ, संविधान जारी हुन्छ ।’