काठमाडौं, १९ चैत । चारवर्षे विदेश बसाईपछि विहीवार स्वदेश फर्किएका पूर्व युवराज पारस शाहलाई निर्मल निवास प्रवेशमा रोक लगाइएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रवेशमा रोक लगाएपछि पूर्वयुवराज पारस निर्मल निवासमा नबस्ने भएका हुन् । पारसको विगतको गतिविधि, परिवारप्रतिको उत्तरदायित्व वहन नगर्नाले पूर्वराजा ज्ञानेन्द्रले पारसलाई निर्मल निवास छिर्न नदिएका हुन् । महाराजगन्जस्थित निर्मल निवास ज्ञानेन्द्रको निजी निवास हो ।
पारसमाथि अहिले चलिरहको कानुनी कारबाही, परिवारमा परेको असर र हालको स्वास्थ्य अवस्थाको स्थिती हेरेर उनलाई निर्मल निवासमा आउन नदिएको स्रोतले बतायो ।
निर्मल निवास पस्न नदिएपछि पारस राजधानीको धुम्बाराहीस्थित कुन्डलिनी फिटनेश सेन्टरमा बास बस्ने भएका छन् ।यसअघि दिउँसो १ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका पारसलाई उनका समर्थकले भव्य स्वागत गरेका थिए ।
तर, पूर्वराजपरिवारका कोही पनि उनलाई भेट्न विमानस्थल गएनन् । चार वर्षपछि विदेशबाट ज्यान जोगाएर नेपाल आएका पारसलाई परिवारको त्यस्तो व्यहारले फेरि विदेश फर्काउन प्रेरित गर्ने राजपरिवार निकट बताउँछन् ।
यो पनि पढ्नुहोस:
के होला पारस र हिमानीको सम्बन्ध ?
















प्रतिक्रिया