काठमाडौं, १९ चैत । चारवर्षे थाइल्याण्ड बसाइपछि विहीबार नेपाल फर्केका पूर्व युवराज पारस शाहलाई लिन पूर्व युवराज्ञी हिमानी विमानस्थल गइनन् ।
परिवारले विमानस्थलमै स्वागत गर्ने भनिएपनि पारसलाई लिन पूर्व राजपरिवारका सदस्यहरु गएनन्, उनकी पत्नि हिमानी पनि विमानस्थल गइनन् ।
परिवारका सदस्य स्वागत गर्न नआएपनि पारसलाई स्वागत गर्न काँधमा राष्ट्रिय झण्डा तथा फुल गुच्छा बोकेर उनका समर्थक विहानैदेखि विमानस्थलमा उभिएका थिए ।
स्वागत गर्न विमानस्थल पुगेका समर्थकले पारस अतिविशिष्ट आगमन कक्षबाट बहिरिएपछि राजतन्त्रको पक्षमा ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, ‘पारस सरकार जिन्दावाद’ भन्दै नारावाजी गरे । नारावाजीका बीच समर्थकलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो ।
ज्योतिषीहरुले पारस र हिमानीको मिलन अनिष्ट हुने बताएपछि हिमानी विमानस्थल नगएको निर्वल निवास स्रोतले जनायो । दिउँसो १ बजे विमानस्थलमा ओर्लिएका पारस साधु सन्त बाबाहरुको गाडीमा सिधै निर्वल निवासतर्फ लागेका थिए ।















प्रतिक्रिया