काठमाडौँ, १८ चैत । काठमाडौँको धुम्बाराहीमा अर्धनग्न अवस्थामा भेटिएकी युवतीको मृत्यु सम्बन्धी एउटा आश्चर्यजनक तथ्य सार्वजनिक भएको छ ।
काठमाडौँको धुम्बाराहीस्थित सडकमा बुधबार बिहान अर्धनग्न अवस्थामा युवतीको शव भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीले यो तथ्य फेला पारेको हो । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका अनुसार, भारतको दार्जिलिङ घर भई काठमाडौँमा फेन्सी पसल चलाउँदै आएकी ज्योत्सना तामाङ बुधबार बिहान मृत अवस्थामा भेटिएकी थिइन् । यौन उत्तेजना पूरा गर्न नसकेको विषयमा ज्योत्सना र उनका प्रेमी प्रितम मानन्धरबीच झगडा भएको थियो । सोही झगडामा प्रितमले ज्योत्सनालाई घरको तीन तलामाथिबाट धकेलिदिँदा उनको ज्यान गएको हो ।
३८ बर्षीय अविवाहित मानन्धर काठमाडौँ मैतिदेवीका बासिन्दा हुन् । उनलाई प्रहरीले बुधबार बिहान मृतककै कोठाबाट प्रक्राउ गरी हिरासतमा राखेको छ ।
प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार, अनुसन्धानबाट खुल्न आएका कुराहरु यस्ता छन्:
आज भन्दा २ महिना अगाडि जोत्सनाको बिजनेस पार्टनर रञ्जु थापामार्फत प्रितम मानन्धर र जोत्सना तामाङ्गको चिनजान भएको ।
प्रितमको भाटभटेनीस्थित ATTIC रेष्टुरेण्टमा जोत्सना र रञ्जु जाने गरेको । सोही क्रममा जोत्सना र प्रितमबीचको सम्बन्ध घनिष्ठ भएको ।
प्रितम हप्ताको एकपटक जोत्सनाको कोठामा खानपिनको लागि जाने गरेको ।
मिति २०७१।१२।१७ गते अन्दाजी रातको साँढे १० बजेको समयमा प्रितमलाई निजको पार्किङ्ग हेर्ने जिल्ला काभ्रे घर भएका शान्तबहादुर तामाङ्गले जोत्सनाको कोठा बाहिरसम्म मोटरसाइकलमा ल्याइदिएको ।
जोत्सनाको कोठामा प्रितम, पवित्रा र मृतकसंगै बसी रक्सी खाएको, रक्सी खाने क्रम रातको करिब सवा १२ बजेसम्म जारी रहेको ।
रातको अन्दाजी साँढे १२ बजेपछि सुत्न भनि प्रितम मानन्धर र जोत्सना तामाङ्ग एउटा कोठामा गएको र पवित्रा लिम्बु (जोत्सना तामाङ्गको साथी ललितपुर सातदोवाटोमा बस्ने) अर्को कोठामा गएको ।
प्रितम र जोत्सना कोठामा गई सकेपछि एकपटक शारिरिक सम्बन्ध भएको । त्यसको केही समयपछि दुवैजना बाहिर भएको लिभिङ्ग रुममा आएको ।
जोत्सना अत्यधिक मादक पदार्थ सेवन गरेको कारण आफ्नो यौन चाहना पूरा नभएकोले प्रितमलाई ट्वाइलेटमा आउ भनी बोलाएको । प्रितम ट्वाइलेटमा गई सकेपछि ‘तेरो को केटी साथी छ ? मेरो चाहना किन पूरा गर्न सक्दैनस्’ भनी दुवै जनाबीच विवाद भएको । सोही क्रममा प्रितम र जोत्सनाको बीच धकेलाधकेली भई प्रितमले जोत्सनाको हात समाती ट्वाइलेटको झ्यालबाट बाहिर हुत्याएको ।
त्यसपछि प्रितम ट्वाइलेटबाट कोठामा आई सुतेको । बिहान ५ बजे पवित्राले जोत्सनालाई उठाउन जाँदा बिस्तारामा जोत्सनालाई नदेखेपछि प्रितमलाई उठाई सोध्दा प्रितमले यताउती हेरी खै कता गयो भनि जवाफ दिएको ।

















प्रतिक्रिया