१२ कार्तिक २०८३, बिहिबार

खुमबहादुर खड्को दाबी-‘देशलाई ट्रयाकमा ल्याउने पार्टी कांग्रेस नै हो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khum-bhadur-khakdaचितवन, १७ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काले वर्तमान समयमा देश सङ्कटमा फस्दै गएको बताउनुभएको छ ।

मंगलबार वीरेन्द्र बहुमुखी क्याम्पस चितवनको नेविसङ्घ एकाइको विविध सिर्जनात्मक कार्यक्रमको उद्घाटन गर्दै देश संकटमा फसेकाले यो समयमा काँग्रेसले मात्रै सङ्कटको निकास दिने र देशको विकास गर्नसक्ने नेता खड्काले दाबी गर्नुभयो ।

कांग्रेस पार्टी देशलाई निकास दिन अगाडि बढेको र छिट्टै समस्या समाधान हुने उहाँको भनाई थियो ।

देश भयावह सङ्कटमा फस्दै गएको भन्दै लोकतान्त्रिक व्यवस्था बचाउन आवश्यक परे आन्दोलनमा समेत जानुपर्ने अवस्था आउन सक्ने नेता खड्काले बताउनुभयो ।

आठ वर्षमा पनि नेवि सङ्घको अधिवेशन हुन नसकेको तथा तरुण दल र महिला सङ्घको समेत अधिवेशन हुन नसकेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।