काठमाडौँ, १७ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने नयाँ संविधानले दलित समुदायलाई विशेषअधिकार दिने बताउनुभएको छ ।
विभिन्न सङ्घसंस्था आबद्ध दलित नागरिक समाजको दशसूत्रीय मागसहितको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले दलित समुदायका अधिकार सुनिश्चित गर्न कुनै कसर बाँकी नराखिने स्पष्ट पार्नुभएको हो ।
उहाँले दलित समुदायको हकहितका लागि माओवादी पार्टी जनयुद्धदेखि नै सङ्घर्ष गर्दै आएको हुँदा आफ्नो पार्टीलाईभन्दा पनि समानुपातिक वा विशेषअधिकारको विरोध गर्ने अन्य पार्टीलाई सकारात्मक दबाब दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
दलित समुदायको विषयमा पहिलो संविधानसभाबाट प्राप्त उपलब्धि र थप अधिकार सुनिश्चित गरी जतिसक्दो चाँडो संविधान जारी गर्ने प्रचण्डको प्रतिबद्धता छ ।
नागरिक समाजले निर्वाचन प्रणाली दलितमुखी हुनुपर्ने र राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने प्रचण्डसामू माग राखेका थिए ।














प्रतिक्रिया