काठमाडौं, १६ चैत । नेपालका प्रधानमन्त्री सुशील कोइरालाले प्रेम गर्नका लागि युवतीको आवश्यकता रहेको खुलासा गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले सामाजिक सञ्जाल ट्विटबाट लभ गर्न केटी चाहियो भन्दै आवेदन दिन आग्रह गर्नुभएको हो ।
तर यो ट्विट प्रधानमन्त्री स्वयमले गर्नुभएको होइन् । उहाँको नाममा ‘फेक’ आइडी बनाएर लभ गर्न केटी चाहियो भन्दै ट्विटमा पोष्ट गरिएको छ ।
प्रोफाइल तस्विरमा प्रधानमन्त्री कोइरालाको बिगारिएको तस्विर राखिएको ट्वीटर एकाउन्ट ‘पिएम अफ नेपाल’बाट लभ गर्ने कोही केटी छ छ भने सम्पर्क गर्नुहोला भनेर पोष्ट गरिएको छ ।
यद्यपि यो आधिकारिक ट्वीटर होइन । मुख्य सचिव लीलामणि पौडेलले सोसल मिडियामा प्रधानमन्त्री कार्यालयको कुनै एकाउन्ट नभएको स्पष्ट पारेका छन् ।
ट्विटमा प्रधानमन्त्रीसँग लभ गर्न चाहने इच्छुक नेपाली महिलालाई सम्पर्क राख्नसमेत भनिएको छ । प्रधानमन्त्री कोइरालाका नाममा दुईबटा टुविटर आइडी छन् ।
हेर्नुस् प्रधानमन्त्री कोइरालाको नामबाट गरिएको टुविट तस्विरमा :

















प्रतिक्रिया