पोखरा, १६ चैत । नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले संविधानका विवादित अन्तर्वस्तुमा सहमति हुन नसके बहुमतीय प्रक्रियाबाटै भए पनि नयाँ संविधान जारी गरिने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री सिटौलाले विवादित विषयको टुङ्गो लगाउने ठाउँ संविधानसभा नै भएकाले संविधानसभा छोडेर सडक आन्दोलनमा नजान विपक्षी पार्टीहरुसँग आग्रह गर्नुभयो ।
उहाँले पार्टीलाई भन्दा राष्ट्र र जनताको हितलाई सोचेर नयाँ संविधान बनाउनुपर्नेमा जोड दिनुभयो ।
एकताबद्ध भएर बसेको नेपाली समाजलाई जातीय विखण्डन ल्याएर एकता टुट्न दिन हुँदैन भन्दै उहाँले सबैलाई चित्तबुझ्ने गरी साझा पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने धारणा राख्नुभयो । रासस














प्रतिक्रिया