१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीले ‘डा. केसी मरे के गरौँ त ?’ भनेका होइनन्: मानवअधिकारकर्मीहरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Address on Garibi Ghar Paichan Board

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री सुशील कोइरालाले टिचिङ अस्पतालका अनशनरत डा. गोविन्द केसीका विषयमा दिएको अभिव्यक्तिका विषयमा विवाद भइरहँदा मानवअधिकारकर्मीहरुले भने त्यसको खण्डन गरेका छन् । प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति नदिएको उनीहरुको भनाइ छ ।

प्रधानमन्त्रीलाई भेट्न गएका डा. केदारनसिंह केसी, सुबोधराज प्याकुरेल, कपील श्रेष्ठ, कनकमणि दिक्षीत र चरण प्रसाईले संयुक्त विज्ञप्ति जारी आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘डा.गोविन्द केसीको स्वास्थ्यस्थितिबारे चिन्ता गरेर कुरागर्न गएका नागरिक समाजलाई ‘प्रधानमन्त्रीले भने– डा. केसी मरे म के गरौं त ?’ भनेर एक राष्ट्रिय दैनिकमा चैत्र १४ प्रमुख समाचार र १५ गते सम्पादकीय समेत छापीएकोमा हाम्रोे गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउन चहान्छौं ।’– विज्ञप्तिमा भनिएको छ ।

‘उक्त भेटघाटमा सहभागी नभएका ब्यक्ति दिलेन्द्रप्रसाद बढुको नाम समेत त्यस समाचारमा उल्लेख भएबाट पनि यसको विश्वसनीयतामा प्रश्न उठेको कुरा हिजो हामीले सम्पादकलाई पठाएको चिठीमा बताएका छौं,’ विज्ञप्तिमा थप भनिएको छ, ‘उक्त भेटघाटमा प्रधानमन्त्रीले त्यस्तो गैरजिम्मेवारीपूर्ण शब्द र वाक्य प्रयोग गर्नु भएकै होइन । डा. केसीको जीवनलाई केही भइहाल्यो भने के गर्ने ? भनेर प्रधानमन्त्रीबाट चिन्ता ब्यक्त भएको हो । यस भनाइको आशयलाई अन्यथा समाचार बनेकोमा त्यस पत्रिकालाई सच्याउन अनुरोध गरेका छौ । उक्त जिम्मेवार र गरिमामय राष्ट्रिय दैनिकले यस्तो संबेदनशील विषयलाई लिएर समाचारको वास्तविकता पुष्टि नगरी उल्टो अर्थ लाग्ने गरेर समाचार संप्रेषण भएकोमा हामीले दुःख ब्यक्त गरेका छौं ।’

बिहीबारको मानवअधिकारकर्मीसँगको भेटको सन्दर्भलाई जोड्दै अन्नपूर्ण पोष्ट दैनिकले यस सम्बन्धी समाचार प्रकाशित गरेको थियो ।