१२ कार्तिक २०८३, बिहिबार

एमाले नेता ढकाललाई स्वाइन फ्लु, उपचारका लागि भारत लैजाने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramnath-Dhakalकाठमाडौँ, १५ चैत । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी इन्चार्ज रामनाथ ढकाललाई स्वाइन फ्लुको संक्रमण देखा परेको छ ।

स्वाइन फ्लुबाट गम्भिर रुपमा अस्वस्थ्य हुनुभएका एमाले नेता ढकाललाई आज उपचारका लागि आज भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको छ ।हाल धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना हुनुभएका उहाँलाई निमोनिया र स्वाइन फ्लुको भएको पारिवारिक स्रोतले जनाएको छ ।

चिकित्सकको सुझावअनुसार नयाँ दिल्लीको मेदान्त अस्पतालका लागि थप उपचार गराउने तयारी भएको एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

व्यवस्थापिका-संसद्, राज्य व्यवस्था समितिका पूर्वसभापति समेत रहनुभएका ढकाललाई भारतबाट एअर एम्बुलेन्स आएपछि आज अपराह्न त्यसतर्फ लगिनेछ ।