
काठमाडौँ, १४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बोलचाल नै बन्द भएको खबर बाहिर आइरहँदा दुई नेता शनिबार एउटै मञ्चमा देखिए । उनीहरु घरिघरि कानेखुसे समेत गरिरहेका देखिन्थे ।
यसको मौका जुराइदिएको थियो, एओवादी छाडेर एमाओवादी फर्कका डा. डिल्लीराज खनाल लगायतका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउन आयोजित समारोहले । लागि पार्टी भित्रको अन्तरसंघर्ष जारी नै रहँदा एउटै मञ्चमा उभिएका नेताहरुले भने निराश नहुन कार्यकर्ताहरुलाई आग्रह गरे ।
एमाले भित्रको विवाद नव दुलाहा दुलाहीको ठाकठुक जस्तै भएको अध्यक्ष खनालको भनाइ थियो । ‘एमाले भित्र झगडा नव दुलाह–दुलहीको ठाकठुक जस्तो मात्रै हो, यिनीहरुको झगडा परेछ कि क्या हो भनेर छिमेकी आएपछि दुलाहा–दुलही चुपचाप हुन्छन् ।’, अध्यक्ष ओलीले भने, उनीहरुको स्वच्छ भावनाले गरेको ठाकठूकमा कुनै स्वार्थ लुकेको हुँदैन, सामान्य ठाकठूकलाई कसैले साँच्चै जस्तो बनाउन खोजे पनि त्यो सम्भव छैन ।’ अध्यक्ष ओलीले यसो भनेपछि हलभित्र हाँसोको फोहोरो छुटेको थियो ।
नेता नेपालले एमाले भित्रको विवादलाई भाँडाकुँडा ठटाएको जस्तो मात्र भएको बताए । यस्ता विवादहरु चलि नै रहने नेता नेपालको भनाइ थियो ।














प्रतिक्रिया