१२ कार्तिक २०८३, बिहिबार

सकियो एसएलसी, ७२ वर्षीय वृद्धादेखि तन्नेरीसम्मले दिए परीक्षा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slcभक्तपुर १३ चैत । विद्यार्थीका लागि उच्च शिक्षाको ढोका खोल्ने परीक्षाका रुपमा लिइने प्रवेशिका परीक्षा सफल रुपमा सम्पन्न भएको छ ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गरेको सो परीक्षा यही चैत ५ गतेदेखि सुरु भएको थियो ।

परीक्षाका लागि कुल पाँच लाख ७४ हजार ६८५ जनाले फाराम भरेका थिए । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाको अन्तिम दिन आज सप्तरीमा २४ परीक्षार्थी निष्काशित गरिएको जानकारी दिनुभयो । यस वर्षको परीक्षामा पनि तराईका जिल्लामा अनियमितता गर्ने कार्यमा न्यूनता नआएको उहाँको भनाइ छ ।

– बहत्तर वर्षीया हजुरआमा परीक्षार्थी
उमेरले ७२ वर्ष पुगिसक्नुभएकी केदारकुमारी याखा पढाइ छाडेर बस्नेका लागि पे्ररणा बन्नुभयो । इलाम घर भई हाल पेप्सीकोला बन्दै आउनुभएकी १० नातिनातिनीका हजुरआमा याखाले मध्यपुरथिमि नगरपालिकास्थित बोडे उमाविमा सञ्चालित खुला विद्यालयमा अध्ययन गरी आदर्श उच्चमावि लायकु केन्द्रबाट परीक्षा दिनुभएको छ ।

आफूले उमेरमा पढ्न नपाएको अधूरो चाहनालाई मेट्न छ वर्षअघि अनौपचारिक कक्षाबाट पढाइ सुरु गर्नुभएका उहाँले यस वर्ष घरका दुई नातिनातिनासँगै परीक्षा दिनुभयो ।

याखाले भन्नुभयो- “अनौपचारिक कक्षाबाट सुरु भएको पढाइ खुला विद्यालय हुँदै यस वर्ष एसएलसी दिन पाइयो, घरमा नाति आमोद याखा र नातिनी एन्जिला याखाले पनि यस वर्ष एसएलसी दिए, उनीहरुसँगै घरमा पढेर मैले पनि परीक्षा दिएँ ।”