१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीले भने-‘संविधान आओस्, म छोडिदिन्छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koiralaकाठमाडौँ, १२ चैत । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण कार्य पूरा भएको दिन आफू कुर्सी छोड्न तयार रहेको बताउनुभएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सङ्घीय समावेशी मोर्चाका संयोजक सभासद् हरिचरण शाहको नेतृत्वमा आएको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै उहाँले संविधान निर्माणमा अधिकतम लचकता अपनाइएकाले छिट्टै देशले संविधान पाउने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सहमतिमै संविधान बनोस् भन्ने सबैका चाहना हो । यसका निम्ति अधिकतम लचकता पनि अपनाइएको छ । तर केही पनि भएन भने त प्रक्रियामा जानुको विकल्प रहँदैन ।’ संविधान जारी भएपछि आफूमा प्रधानमन्त्री पदमा रहिरहने इच्छा नभएको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘जसरी तसरी सत्तामा रहने इच्छा मलाई छैन । संविधान आओस्, म छोडिदिन्छु ।’ प्रधानमन्त्री कोइरालाले देश आन्दोलनमा गएमा नेपाली जनताले दशकौं लामो बलिदानीपूर्ण सङ्घर्षले हासिल गरेको सम्पूर्ण हकअधिकार बालुवामा पानी हालेसरह खेर जाने बताउनुभयो ।

उहाँले मुलुकमा राजनीतिक दलहरुबीच आपसी संवाद, सहकार्य, एकता, मेलमिलाप र सहमति कायम हुन नदिने शक्ति पनि सक्रिय रहेको बताउँदै तिनीहरुबाट जोगिएर देश र जनताको हितमा काम गर्न राजनीतिक दलका नेताहरुलाई आग्रह पनि गर्नुभयो ।