धरान, १२ चैत । कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले दिगो शान्ति स्थापना गर्नका लागि एकीकृत नेकपा(माओवादी) आन्दोलन छाडेर सहमतिमा आउनुपर्ने बताउनुभएको छ ।
यहाँ आजदेखि सुरु भएको एकदिने पूर्वाञ्चलस्तरीय शान्ति सम्मेलन उद्घाटन गर्दै उहाँले हतियारको व्यवस्थापन मात्रै भन्दा पनि हतियार बोक्ने मानसिकताकै अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
माओवादीलगायत सडकमा रहेका दल जतिसक्दो चाँडो वार्तामा आउनुपर्ने उहाँले बताउनुभयो ।
शान्ति तथा पुनःनिर्माणमन्त्री आचार्यले एक वर्षमा १२ सशस्त्र समूहसँग वार्ता गरी शान्ति प्रक्रियामा ल्याइएको जानकारी पनि दिनुभयो ।














प्रतिक्रिया