काठमाडौं, १२ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईबीच बोलकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ ।
ओली निवासमा बुधबार राति पुग्नुभएका नेता डा भट्टराई र नेता ओलीबीच एमालेको स्थायी समिति बैठक सम्पन्न भएपछि राति अबेर भेटवार्ता भएको हो ।
करिब एकघण्टा भएको भेटवार्तामा दुई नेताबीच वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको ओली निवास स्रोतले जानकारी दिएको छ ।
राजनीतिक गतिरोध अन्त्य गर्ने, विवादित विषयलाई मिलाउन वैकल्पिक मार्गको खोजी गर्ने र सहमतिबाटै अगाडि बढ्ने बारेमा दुई नेताबीच कुराकानी भएको बताइएको छ ।














प्रतिक्रिया